ट्रेड टावर लिमिटेडले आज २०८२ साल बैशाख ८ गतेदेखि प्राथमिक सार्वजनिक सेयर (आईपीओ) निष्काशन सुरू गरेको छ। कम्पनीले यो निष्काशन विशेषतः वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गरी ल्याएको हो।
कम्पनीले आफ्ना कुल जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात् ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाइसकेको छ।
तर यसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि मात्रै ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरका ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्काशन गर्न लागिएको हो।
विदेशमा रहेका नेपालीहरुले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद २०७२ बैशाख २२ गतेसम्म रहेको छ।
इक्रा नेपालले गरेको मूल्याङ्कनअनुसार ट्रेड टावर लिमिटेडले इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस (BB–) प्राप्त गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।
ट्रेड टावर लिमिटेडको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
विदेशमा रहेका नेपालीहरुले आवेदन मेरो सेयर अनलाइन प्रणाली प्रयोग गरेर सि–आस्बा प्रणालीमार्फत दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाबाट पनि आवेदन गर्न सकिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस