पियोर इनर्जी लिमिटेडको आइपीओ यहि साता बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार वैशाख ११ गते बिहीबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।
तर, समय भने तय नभएको बिक्री प्रबन्धकले जनाएको छ ।
पियोर इनर्जीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको थियो ।
पियोर इनजीको आइपीओ हात पार्न भाग्यकै भर पर्नुपर्नेछ । यसमा मागभन्दा १९.२८ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १९ लाख ३६ हजार ५३ जनाले कुल २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख १९ हजार ५२० जनाले मात्र सेयर हात पार्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस