वाणिज्य बैंकहरुले तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेका छन् । तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको नाफा समग्रमा १.४० प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म वाणिज्य बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए।
नाफा आर्जनको हिसाबले नेप्सेमा सूचीकृत १९ वटा वाणिज्य बैंकले तेस्रो त्रैमाससम्म औसत साढे ७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएका छन्।
तेस्रो त्रैमाससम्म एभरेष्ट बैंकको लाभांश क्षमता सार्वजनिक देखिएको छ। यो बैंकले हालसम्म ३४.०९ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिएको छ। दोस्रोमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल रहेको छ। यो बैंकले चैतसम्म १९.३५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।
तेस्रोमा सानिमा बैंक रहेको छ। सानिमा बैंकको लाभांक्ष क्षमता १८.९२ प्रतिशत देखिएको छ। यसैगरी नबिल बैंकले १२.६८ प्रतिशत, कृषि विकास बैंकले १२.२५ प्रतिशत, ग्लोबल आइएमई बैंकले १२.०४ प्रतिशत, नेपाल एसबीआई बैंकले ११.१० प्रतिशत, प्राइम कमर्सियल बैंकले १०.५७ प्रतिशत, एनएमबि बैंकले ६.६५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ३.१७ प्रतिशत, नेपाल बैंकले २.७८ प्रतिशत, सिद्धार्थ बैंकले १.७५ प्रतिशत र सिटिजन्स बैंकले १.६९ प्रतिशत, माछापुच्छ्रे बैंकले ०.३६ प्रतिशत लाभांश वितरण गर्न सक्ने वित्तीय विवरणबाट देखिएको छ।
यो अवधिसम्म हिमालयन बैंक, प्रभु बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले भने लाभांश दिन नसक्ने देखिएको छ। राष्ट्रिय वाणिज्य बैंक भने नेप्सेमा सूचीकृत छैन।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस