Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ प्रणालीमा अधिक तरलता यथावत, आज फेरि ७० अर्ब खिच्दै राष्ट्र बैंक

अर्थ संसार

सोमबार, १९ जेठ २०८२, ११ : ०६ मा प्रकाशित

बैंकिङ प्रणालीमा अधिक तरलता यथावत, आज फेरि ७० अर्ब खिच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले सोमबार थप ७० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ ।  बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले आज थप ७० अर्ब रुपैयाँ तान्ने भएको हो ।

निक्षेप संकलन उपकरणको माध्यमबाट बैंकले २० दिने निक्षेप संकलन गर्न लागेको जनाएको छ । यसका लागी  दिउँसो ३ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । २० दिने यो निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज असार ८ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यसअगाडि केन्द्रीय बैंकले जेठ ४ गते २४ अर्ब रूपैयाँ, ७ गते ५० अर्ब रूपैयाँ, ११ गते ३० अर्ब रूपैयाँ र १४ गते ८० अर्ब रूपैयाँ तरलता प्रशाेचन गरेकाे थियाे । 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको