Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, ब्याज प्रस्ताव गर्न आह्वान

अर्थ संसार

सोमबार, १९ जेठ २०८२, १६ : ५५ मा प्रकाशित

बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, ब्याज प्रस्ताव गर्न आह्वान

नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ।

राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै उपदान तथा पेन्सन कोषमा रहेको  ७० करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने  निर्णय गरेको जानकारी दिएको हो।

राष्ट्र बैंकले 'क' वर्गका वाणिज्य बैंकमा ५६ करोड रुपैयाँ, 'ख' वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १० करोड ५० लाख रुपैयाँ र 'ग' वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ३ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपमा जानकारी गराएको छ। उक्त मुद्दति निक्षेप लिन इच्छुक  बैंकहरुले जेठ २१ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दति निक्षेप २०८२ असार ४ देखि २०८३ असार ४ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको