Like us!
Follow us!
Connect us!
Watch us!

अनधिकृत रुपमा बैंक खाता खोल्दा र बैंकिङ कारोबार गर्दा कस्तो हुन्छ कारबाही ?

अर्थ संसार

मंगलबार, २० जेठ २०८२, ११ : ०२ मा प्रकाशित

अनधिकृत रुपमा बैंक खाता खोल्दा र बैंकिङ कारोबार गर्दा  कस्तो हुन्छ कारबाही ?

नेपाल राष्ट्र बैंकले अनधिकृत रूपमा बैंक खाता खोल्ने वा रकम भुक्तानी माग गर्ने कार्य गैरकानुनी भएको स्पष्ट पारेको छ। वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सूचना प्रकाशित गर्दै यस्तो कार्य नगर्न सबैलाई अनुरोध गरेको हो।

सूचनामा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अनुसार, कसैले नक्कली कागजात प्रयोग गरी खाता खोल्ने, खाता खोल्न सहयोग गर्ने, यस्ता खाताबाट रकम जम्मा गर्ने, निकाल्ने, वा अन्य व्यक्तिको खातामा रकम सार्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ। साथै, विद्युतीय कार्ड वा उपकरण प्रयोग गरी त्यस्ता खाताबाट रकम निकाल्नु पनि कानूनविपरीत हुने उल्लेख गरिएको छ।

राष्ट्र बैंकले कानुनमा तोकिएबाहेक अन्य व्यक्ति वा संस्थाको नाममा खाता खोल्नु वा खोलिदिनु पनि अवैधानिक भएको जनाउँदै, यस्तो कार्य गर्दा दोषी प्रमाणित भएमा बिगो भराउनुका साथै बिगोअनुसार जरिवाना र तीन महिनासम्म कैद सजाय हुन सक्ने चेतावनी दिएको छ।

राष्ट्र बैंकले सबैलाई अनधिकृत बैंकिङ कारोबार नगर्न र कानुनी कारवाहीबाट बच्न सचेत रहन अनुरोध गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको