Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर पौडेलद्वारा विभागीय हेरफेर, बैंक सुपरिवेक्षण विभाग सम्हालेका पौडेल अब मुद्रा व्यवस्थापनमा

अर्थ संसार

मंगलबार, २० जेठ २०८२, १५ : १५ मा प्रकाशित

गभर्नर पौडेलद्वारा विभागीय हेरफेर, बैंक सुपरिवेक्षण विभाग सम्हालेका पौडेल अब मुद्रा व्यवस्थापनमा

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कार्यकारी निर्देशकहरूको जिम्मेवारीमा  हेरफेर गरेका छन्।

राष्ट्र बैंकको अत्यन्तै महत्वपूर्ण मानिने बैंक सुपरिवेक्षण विभागको नेतृत्वमा रहेका रामु पौडेललाई अब मुद्रा व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ।

उक्त विभागको नयाँ प्रमुखको जिम्मेवारी भने हालै मात्र कार्यकारी निर्देशकमा बढुवा भएका दीर्घ बहादुर रावललाई दिइएको छ। रावल यसअघि मुद्रा व्यवस्थापन विभागमै कार्यरत थिए।

सूचना प्रविधि विभागका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरेको अवकाशसँगै रिक्त स्थानमा रावलको बढुवा भएको हो। सूचना प्रविधि विभागको नेतृत्व अब कार्यकारी निर्देशक प्रदीपराज पौड्यालले सम्हाल्ने भएका छन्। पौड्याल यसअघि मुद्रा व्यवस्थापन विभागमा कार्यरत थिए।

गभर्नर पौडेलले यसअघि पनि केही प्रमुख जिम्मेवारीमा फेरबदल गरेका थिए। गभर्नर नियुक्त भएलगत्तै उनले आर्थिक अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्टलाई गभर्नर कार्यालयमा ल्याएका थिए। त्यस्तै, डा. रामशरण खरेललाई आर्थिक अनुसन्धान विभागको प्रमुख बनाइएको थियो भने जनशक्ति व्यवस्थापन विभागमा कार्यरत र हालै बढुवा भएका डा. डिल्लीराम पोखरेललाई गभर्नर कार्यालयमा जिम्मेवारी दिइएको थियो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको