Like us!
Follow us!
Connect us!
Watch us!

किरण पण्डितले पाए राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी

अर्थ संसार

बुधबार, २१ जेठ २०८२, १५ : ३३ मा प्रकाशित

किरण पण्डितले पाए राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी

नेपाल राष्ट्र बैंकले किरण पण्डितलाई नयाँ प्रवक्ताका रूपमा नियुक्त गरेको छ।

कार्यकारी निर्देशक पण्डितको यो जिम्मेवारी जेठ २१ गतेदेखि लागू हुने छ।

विक्रम संवत् २०६२ सालदेखि राष्ट्र बैंकमा सेवा आरम्भ गरेका पण्डितले बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाजस्ता प्रमुख विभागहरूमा कार्य अनुभव हासिल गरिसकेका छन्। हालसम्म उनी भुक्तानी प्रणाली विभागमा कार्यरत थिए।

उनको प्रवक्ताका रूपमा नियुक्तिसँगै राष्ट्र बैंकको सूचना प्रवाह प्रणाली अझ प्रभावकारी, व्यवस्थित र छरितो हुने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको