आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्डसँगको खेलमा नेपालले पहिलो बलिङ गरिरहेको छ । नेपालले टस हारेर पहिले बलिङ गरिरहेको हो ।
लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्स सहभागी छन् । नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो । लिग–२ को चौथो तथा अन्तिम खेलमा नेपालले पर्सि फेरि नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ ।
लिग–२ को तालिकामा नेपाल १४ खेलमा १० अंसहित ७ औँ स्थानमा छ । यस्तै नेदरल्यान्ड्स दोस्रो र स्कटल्यान्ड चौथो स्थानमा छ । लिग–२ को तालिकामा अमेरिका शीर्ष स्थानमा छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस