यूईएफए नेसन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । जर्मनीको म्युनिखमा आज बिहान भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५—३ गोलले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको हो ।
योसँगै पोर्चुगलले दोस्रो पटक नेसन्स लिगको उपाधि जित्ने पहिलो टोली बनेको छ । निर्धारित समयमा दुवै टोलीबाट २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो र नुनो मेन्डिसले समान एक गोल गरे । यस्तै स्पेनका मार्टिन जुबीमेन्डी र माइकल ओयारजाबलले समान एक गोल गरे ।
त्यसअघि फ्रान्सले नेसन्स लिगको सान्त्वना जीत हात पारेको छ । राति तेश्रो स्थानका लागि भएको खेलमा फ्रान्सले घरेलु टोली जर्मनीलाई २–० गोलले हरायो । फ्रान्सका लागि कप्तान किलियन एमबाप्पे र माइकल ओलिजेले समान एक गोल गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस