Like us!
Follow us!
Connect us!
Watch us!

यस्ता छन् माओवादीका राष्ट्रियसभाका उम्मेदवार

मंगलबार, ०९ माघ २०७४, १८ : २७ मा प्रकाशित

यस्ता छन् माओवादीका राष्ट्रियसभाका उम्मेदवार

अर्थ संसार, काठमाडौ–  नेकपा(माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी तय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ को निवास खुमलटारमा आज बसेको तीन शीर्ष नेताको बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवार छनौट गरेको हो ।

माओवादीले पार्टीका वरिष्ठ नेता रामबहादुर थापा, दिनानाथ शर्मालाई पनि उम्मेदवार बनाएको छ । थापा पूर्व रक्षामन्त्री एवम् माओवादी केन्द्रका संगठन विभाग प्रमुख समेत हुनुहुन्छ । नेता शर्मा भने पूर्व मन्त्री तथा पार्टीको प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ ।

अध्यक्ष दाहालको सचिवालयकाअनुसार प्रदेश नं १ मा बीना पोखरेल (महिला) प्रदेश नं २ मा शशिकला दाहाल (महिला) छनौट गरिएको छ । सो प्रदेशको एक उम्मेदवार छनोट गर्न बाँकी रहेको छ ।

यस्तै प्रदेश नं. ३ मा रामबहादुर थापा (खुला)र  गंगा पराजुली (महिला)प्रदेश नं. ४मा दीनानाथ शर्मा (खुल्ला), खिमकुमार विक (दलित) प्रदेश नं. ५ मा राजकुमार कँुंवर (अल्पसंख्यक र अपांग) र चन्द्रबहादुर खड्का (खुला) प्रदेश नं. ६ बाट जीवन बुढा (अपाङ्ग र अल्पसंख्यक), युटुल लामा (महिला), कालीबहादुर मल्ल (खुल्ला) बाट उम्मेदवार बन्नुहुने भएको छ ।

त्यस्तै प्रदेश नं. ७ मा  लालिराम लोहार (दलित) र हरिराम चौधरी (खुला) तर्फबाट उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

नेकपा(एमाले) र माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यमा संयुक्त रुपमा उम्मेदवार उठाउने निर्णय गरेका छन् । एमालेले २९ जना र माओवादी केन्द्रले १४ उम्मेदवार उठाउने निर्णय गरेका थिए ।

सोमबार बसेको माओवादी केन्द्रको प्रदेश इन्चार्जसहित शीर्ष नेताको बैठकले उम्मेदवार छनौट गर्न अध्यक्ष दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई जिम्मा दिइएको थियो

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको