Like us!
Follow us!
Connect us!
Watch us!

आइसिसी क्रिकेट विश्वकप लिग २– नेदरल्यान्डको सामना गर्दै नेपाल

अर्थ संसार

मंगलबार, २७ जेठ २०८२, १० : ०४ मा प्रकाशित

आइसिसी क्रिकेट विश्वकप लिग २– नेदरल्यान्डको सामना गर्दै नेपाल

आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणमा नेपालले मंगलबार अन्तिम खेलमा बलियो प्रतिस्पर्धी नेदरल्यान्ड्सँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे हुनेछ ।

अंक तालिकामा नाजुक अवस्थामा रहेको नेपालले स्कटल्यान्ड भ्रमणमा ब्याक टू ब्याक जित हात पार्दै पुनरागमन गर्ने संकेत देखाएको थियो । तर, पहिलो खेलमा घरेलु टोललाई १ र अर्को खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको नेपाल ह्याट्रिक जित निकाल्न भने चुक्यो ।
एकदिवसीय क्रिकेटमै अहिलेसम्मको उच्च(३२४) रनको लक्ष्य पछ्याएको नेपाल तेस्रो खेलमा घरेलु टोलीसँग २ रनले पराजित भएको थियो।

यद्यपि, उक्त खेलमा बनाएको ३२१ रन नेपालले एकदिवसीय क्रिकेटमा बनाएको अहिलेसम्मकै सर्वाधिक हो । नेपाल सोही लयलाई कायम राख्ने लक्ष्यमा हुन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको