Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड

अर्थ संसार

मंगलबार, २७ जेठ २०८२, १० : ५० मा प्रकाशित

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड

आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । अघिल्लो दिन १०० रुपैयाँले घटेको सुन आज ६०० रुपैयाँले घटेर तोलाको १ लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर २ हजार १६५ रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन चाँदी तोलामा २ हजार १५० रुपैयाँमा किनबेच भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको