Like us!
Follow us!
Connect us!
Watch us!

नेदरल्याण्ड्सलाई नेपालले दियो २३७ रनको लक्ष्य, आरिफ शेखको अर्धशतक

अर्थ संसार

मंगलबार, २७ जेठ २०८२, १९ : ५९ मा प्रकाशित

नेदरल्याण्ड्सलाई नेपालले दियो २३७ रनको लक्ष्य, आरिफ शेखको अर्धशतक

आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेदरल्याण्ड्स विरुद्धको खेलमा नेपालले मध्येम योगफल तयार पारेको छ । टस हारेर पहिले ब्याट्रि गरेको नेपालले निर्धारीत ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाएको हो । 

नेपालका लागि मध्येक्रमका आरिफ शेखले संयमित ब्याटिङ गर्दै ८४ रन बनाए ।  त्यस्तै भीम सार्की र कप्तान रोहित पौडेलले समान ३५ रन बनाए । कुशल भुर्तेलले १८ तथा दिपेन्द्रसिंह ऐरीले १६ रन बनाए । अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

नेदरल्याण्ड्सका लागि पल भान मिकेरनले ४ विकेट लिए । माइकल लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिए । नेपालले नेदरल्याण्ड्ससँग यसअघि भएको खेलमा जित निकालेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको