Like us!
Follow us!
Connect us!
Watch us!

आईसीसी क्रिकेट विश्वकप लिग २– नेदरल्याण्ड्समाथि नेपालको १६ रनको जित, युरोपमा ६ अंक बटुल्न सफल

अर्थ संसार

बुधबार, २८ जेठ २०८२, ०० : ०५ मा प्रकाशित

आईसीसी क्रिकेट विश्वकप लिग २– नेदरल्याण्ड्समाथि नेपालको १६ रनको जित, युरोपमा ६ अंक बटुल्न सफल

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको दोस्रो खेलमा पनि नेपाली टोलि विजयी भएको छ । मंगलबार भएको सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्स माथि १६ रनको जित निकालेको हो । 

नेपालले नेदरल्याण्ड्समाथि पहिलो पटक लगातार दुई खेलमा जित निकालेको छ । नेपालले गत साताको बुधबार भएको पहिलो खेलमा पनि ५ विकेटको जित निकालेको थियो । २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा अल आउट हुदै २२० रन मात्र जोड्न सक्यो । नेदरल्याण्ड्सका लागि वेस्ली बारेसीले सर्वाधिक ३६ रन जोडे । त्यस्तै माइकल लेभिटले पनि टोलिका लागि २७ रन जोडे । कप्तान स्कट एडवार्डस ३० रनको योगदान दिए । 

नोहा क्रोसले २२ रन र काइल क्लेनले २५ रन जोडे । नेपालका लागि एकदिवसिय खेलमा डेब्यु गरेका नन्दन यादब, सन्दीप लामिछानेले समान ३–३ विकेट लिए । ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले अर्धशतकीय पारी खेले । आरिफले ८५ बलमा ७ चौका र २ छक्कासहित उनले सर्वाधिक ८४ रनको योगदान गरे । त्यस्तै भीम सार्की र कप्तान रोहित पौडेलले समान ३५–३५ रन बनाए । कुशल भुर्तेलले १८ तथा दिपेन्द्रसिंह ऐरीले १६ रन बनाए । अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

नेदरल्याण्ड्सका लागि पल भान मिकेरनले ४ विकेट लिए । माइकल लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिए । नेपालले नेदरल्याण्ड्ससँग यसअघि भएको खेलमा जित निकालेको थियो ।  यो जित पछि नेपाल ८ राष्ट्र सहभागी लिग २ मा १६ खेलमा १२ अंकका साथ सातौं स्थानमा छ । पराजित नेदरल्याण्ड्स २३ खेलमा २६ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको