Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य तोलामा १३ सयले बढ्यो, चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

बुधबार, २८ जेठ २०८२, १० : ४१ मा प्रकाशित

सुनको मूल्य तोलामा १३ सयले बढ्यो, चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदी अघिल्लो दिनकै मूल्यमा खरिद बिक्री भइरहेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सनु तोलामा १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सनु तोलामा १ लाख ९० हजार रुपैयाँमा किनबेच भएको थियो । 

आज चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको