कुमारी बैंक लिमिटेड र काठमाडौंस्थित गुर्जुधारा भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि. (गुर्जुधारा ट्रायल सेन्टर) बीच कुमारी बैंकका ग्राहकहरूलाई एकेडेमीले प्रदान गर्ने सेवा र कोर्सहरूमा विशेष छुट दिने सम्झौता भएको छ।
यस सम्झौताअनुसार, यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले सवारी चालक अनुमतिपत्रका लागि सञ्चालन गर्दै आएको गुर्जुधारा ट्रायल सेन्टरका सम्पूर्ण ड्राइभिङ कोर्सहरूमा कुमारी बैंकका ग्राहकहरूले १५ प्रतिशत छुट पाउनेछन्।
विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरूको सुविधा सुनिश्चित गर्न विभिन्न क्षेत्रका व्यवसायीहरूसँग सहकार्य गर्दै छुट तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउँदै आएको छ। देशभर ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखा रहित बैंकिङ इकाइमार्फत ग्राहकहरूलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आएको बैंकले भविष्यमा पनि अझ सरल, सुलभ र उत्कृष्ट सेवाका लागि सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस