सुनचाँदी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । सुनचाँदी व्यवसायीहरु तीन बुँदे मागसहित आन्दोलनमा उत्रिएका हुन् ।
विभिन्न जिल्लामा व्यवसायीहरुले आज र भोलि पसल बन्द गर्ने घोषणा गरेका छन् भने बिहानैदेखि पसल बन्द गरेर प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका छन् । सरकारले सुनमा २ प्रतिशत बिलासिताको कर, हिरापत्थरमा १३ प्रतिशत भ्याट र सुनमा ६ प्रतिशत भन्सार लगाएकोमा त्यो खारेज गर्न माग गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त विज्ञप्ति जारी गर्दै विरोधका विभिन्न कार्यक्रमहरु तय गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस