नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयअनुसार मास्केलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको हो। उनी यसअघि कम्पनीकी नायब प्रबन्ध निर्देशक तथा प्रमुख प्राविधिक अधिकृत थिइन्।
चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट इन्जिनियरिङ अध्ययन गरेकी मास्के २०४९ माघ २५ मा नेपाल दूरसञ्चार संस्थानमा प्रवेश गरेकी थिइन्। उनले विषम परिस्थितिमा दिइएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
पूर्व प्रबन्ध निर्देशक संगीता पहाडी अख्तियारको भ्रष्टाचार मुद्दापछि निलम्बनमा परेकी थिइन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस