नेपाली पुरुष क्रिकेट टिमले वेस्ट इन्डिजसँग टी २०आई सिरिज खेल्ने भएको छ । नेपाल क्रीकेट संघ क्यानले आगामी सेप्टेम्बरमा वेस्ट इन्डिजसंग ३ खेलको टी–२० आई सिरिज हुने घोषणा गरेको हो ।
उक्त सिरिज सेप्टेम्बर २७, २८ र ३० मा यूएईको शारजाह क्रिकेट रंगशालामा हुनेछ । नेपालले पहिलोपटक वेस्ट इन्डिजसंग अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो । वेस्ट इन्डिजले दुईपटक टी–२० विश्वकप क्रिकेटको उपाधी विजेता टोलि हो । पछिल्लो समय एकदिवसिय र टेस्टमा कमजोर देखिएको भए पनि टि–२० मा भने वेस्ट इन्डिज बलियो टोलि हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस