Like us!
Follow us!
Connect us!
Watch us!

नेदरल्यान्ड्सको कीर्तिमानी जित, स्कटल्याण्डमाथि ४ विकेटको जित

अर्थ संसार

शुक्रबार, ३० जेठ २०८२, ०७ : १० मा प्रकाशित

नेदरल्यान्ड्सको कीर्तिमानी जित, स्कटल्याण्डमाथि ४ विकेटको जित

नेदरल्यान्ड्सले आईसीसी विश्वकप लिग–२ मा घरेलु टोली स्कटल्याण्डमाथि कीर्तिमानी जित निकालेको छ । एकटल्याण्ड विरुद्धको खेलमा नेदरल्यान्ड्सले ३७० रनको लक्ष्य पुरा गरेको हो । 

स्टकल्याण्ड विरुद्धको खेलमा नेदरल्यान्ड्स ४ विकेटले विजयी भएको हो । गए राति भएको खेलमा जितका लागि ३७० रनको विशाल लक्ष्य नेदरल्यान्ड्सले ४९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सका ओपनर म्याक्स ओडाउडले १ सय ५८ रनको अविजित पारी खेले । उनको यो एकदिवसीय करिअरको पहिलो शतक हो । उनी नेदरल्यान्ड्सबाट एकदिवसीयको एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले वेस्ली ब्यारेसीले २०१४ मा केन्याविरुद्ध बनाएको १ सय ३७ रनको अविजित पारीको कीर्तिमान तोडेका हुन् ।

सन् २००६ मा दक्षिण अफ्रिकाले अष्ट्रेलियाविरुद्ध पूरा गरेको ४ सय ३५ रनपछि यो एकदिवसीय इतिहासकै सबै भन्दा ठूलो रन पुरा हो । म्याक्स बाहेक नेदरल्यान्ड्सका माइकल लेभिटले ४४, कप्तान स्कट एडवाड्र्सले ३२, वेस्ली ब्यारेसी १५, तेजा निणामानिरु ५१ र नोहा क्रसले ५० रनको योगदान दिए । स्कटल्यान्डका शफ्यान शरिफले ३, म्याकेन्जी जोन्स र मार्क वाटले १–१ विकेट लिए ।

त्यसअघि डण्डीमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले ५० ओभरमा ६ विकेट गुमाउँदै ३६९ रन बनाएको थियो । स्कटल्यान्डका ओपनर जर्ज मुन्शेले १९१ रनको कीर्तिमानी पारी खेले । तीव्र गतिका बलर भिभियन किंग्माको बलमा बोल्ड भएपछि उनी दोहोरो शतक पूरा गर्ने पहिलो एसोसिएट क्रिकेटर बन्न ९ रनले चुकेका थिए ।

स्कटल्यान्डका चार्ली टियर २३, ब्रेन्डन म्याकमुलेन २१, लियाम १४, म्याथ्यु क्रस ५९ र माइकल लिस्कले २९ रन जोडे । माइकल लेभिट र अर्यान दत्तले २–२ तथा भिभियन किंग्मा र रोेलेफ भान डर मर्वेले १–१ विकेट लिए । यस त्रिकोणात्मक सिरिजमा यसअघि नेदरल्यान्ड्स नेपालसँग १६ रन र ५ विकेट तथा स्कटल्याण्डसँग ४४ रनले पराजित भएको थियो । उता स्कल्यान्ड नेपालसँग पहिलो खेलमा १ विकेटले पराजित हुँदा दोस्रोमा २ रनले विजयी भएको थियो । यी तीन टोलीबीच अव टी २० आई त्रिकोणात्मक सिरिज हुनेछ । पहिलो खेल आइतबार स्कटल्याण्ड र नेदरल्यान्ड्सबीच हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको