Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य २ लाख नजिक, एकै दिन ४२ सयले बढ्यो

अर्थ संसार

शुक्रबार, ३० जेठ २०८२, १० : ४८ मा प्रकाशित

सुनको मूल्य २ लाख नजिक, एकै दिन ४२ सयले बढ्यो

नेपाली बजारमा शुक्रबार नेपाली बजारमा सुनको मूल्य उच्च दरमा बढेको छ । आज सुन तोलामा ४ हजार २०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँमा खरिद बिक्री भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको