Like us!
Follow us!
Connect us!
Watch us!

वर्ल्ड टेस्ट च्याम्पियनसिप : तेस्रो दिनमै नजिता निस्कने सम्भावना

अर्थ संसार

शुक्रबार, ३० जेठ २०८२, १२ : ४२ मा प्रकाशित

वर्ल्ड टेस्ट च्याम्पियनसिप : तेस्रो दिनमै नजिता निस्कने सम्भावना

इंग्ल्याण्डमा जारी वर्ल्ड टेस्ट च्याम्पियनसिप रोमाञ्जक मोडमा पुगको छ । निकै सस्तैमा खेलाडि आउट भइरहँदा फाइनलको नतिजा पनि छिट्टै निस्कने सम्भावना देखिएको हो । 

यस अघिका फाइनमा ५ दिनमा पनि नजिता ननिस्केकाले थप एक दिन खेल खेलाएर नतिजा निकाल्ने गरिएकोमा यो पटकको फाइनलको नजिता ३ दिन मै निस्कने सम्भावना देखिएको छ । दोस्रो दिनको खेल सकिदाँ अष्ट्रेलिया ८ विकेट गुमाएर १४४ रन बनाएर खेलि रहेको छ । यो अवस्थामा उसले २१८ रनको अग्रता लिएको छ । यदि पहिलो पारीमा दक्षिण अफ्रिकाले जुन खालको प्रदर्शन गरेको छ सोही प्रदर्शन दोस्रो पारीमा पनि आएमा नजिता तेस्रो दिनमा नै सम्भवन हुने छ । किन भने पहिलो पारीमा दक्षिण अफ्रिाका १३८ रनमा अलआउट भएको थियो । 

पहिलो पारीमा अष्ट्रेलियाले २१२ रन बनाएको थियो । बलरहरु हाभि भएको फाइनलमा कुनै पनि खेलाडिले शतक प्रहार गर्न सकेका छैनन् । पहिलो पारीमा दक्षिण अफ्रिाकाका कुनै पनि खेलाडिले अर्धसतक समेत बनाउन सकेनन् । पहिलो पारीमा दक्षिण अफ्रिकालाई सस्तैमा रोक्ने क्रममा अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले ६ विकेट लिए । 

अष्ट्रेलियाको पहिलो पारीमा ब्यू वेबस्टरले सर्वाधिक ७२ रनको योगदान दिएका थिए भने स्टिभ स्मिथले ६६ रन बनाएका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको