Like us!
Follow us!
Connect us!
Watch us!

पहिलो टी–२० खेलमा नेपाल विजयी, सन्दीपको ह्याट्रिक

अर्थ संसार

मंगलबार, १० भदौ २०८२, १० : ०७ मा प्रकाशित

पहिलो टी–२० खेलमा नेपाल विजयी, सन्दीपको ह्याट्रिक

लेग स्पीनर सन्दीप लामिछानेले ह्याट्रिक लिएको खेलमा नेपालले अष्ट्रेलियामा आजदेखि सुरु भएको अभ्यास सिरिजमा विजयी सुरुवात गरेको छ । आजको भएको पहिलो खेलमा नेपालले अस्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी) लाई ४१ रनले पराजित गरेको हो । 

नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमा १३६ रनमा अलआउट भयो । एसीटीलाई सस्तैमा रोक्ने क्रममा नेपालका सन्दीप लामिछाने एक्लैले ह्याट्रिकसहित ५ विकेट लिए । त्यस्तै करण केसीले २ र रुपेश सिंहले १ विकेट लिए । यसअघि अस्ट्रेलियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो । नेपालका आसिफ शेखले ६९, कप्तान रोहित पौडेलले ३६, आरिफ शेखले २४ रन बनाए । 

टप इन्ड टी–२० शृंखलापछि नेपालले थप ५ वटा अभ्यास खेल्न सुरु गरेको हो ।  टप इन्ड टी–२० शृंखलामा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो । आईसीसी टी–२० विश्वकप छनोटका तयारीस्वरूप नेपालले अस्ट्रेलियामा अभ्यास खेल खेलिरहेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको