आईसीसी विश्व टेस्ट च्याम्पियनसिप–२०२५ को ऐतिहासिक उपाधि दक्षिण अफ्रिकाले जीतेको छ । बेलायतको लड्र्स क्रिकेट मैदानमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकाले साविक विजेता अस्ट्रेलियालाई पाँच विकेटले हराएको हो ।
उपाधि जित्न २८२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले चौथो दिनको पहिलो सत्रमा पाँच विकेट गुमाएर भेट्टायो । दक्षिण अफ्रिकाका लागि ओपनगर एडेन माक्ररमले १३६ रनको शतकीय पारी खेले । यस्तै कप्तान टेम्बा बभुमाले ६६ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट लिए । त्यस्तै कप्तान प्याट कमिन्स र जोश हेजलवुडले समान एक विकेट लिए ।
यो संस्करणको विजेता दक्षिण अफ्रिकाले ३.६ मिलियन अमेरिकी डलर र उपविजेता अस्ट्रेलियाले २.१६ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् । सन् २०१९ देखि शुरू भएको पहिलो संस्करणको विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्डले भारतलाई हराउँदै तथा दोस्रो संस्करणमा अस्ट्रेलियाले भारतलाई नै हराउँदै उपाधि जितेका थिए । यी दुवै संस्करणमा भारत उपविजेता भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस