स्कटल्यान्डमा जारी त्रिकोणात्मक टि–२०आई सिरिजको आफ्नो पहिलो खेलमा नेदरल्यानन्ड्सले नेपाली टोलीलाई जितका लागि १५३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याट्रि गरेको नेदरल्यान्ड्सले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाए पछि नेपालले १५३ रनको लक्ष्य पाएको हो ।
नेदरल्यान्ड्सका लागि मध्यक्रमका खेलाडी तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिए । तल्लोक्रममा सकिब जुल्फिकरले आक्रामक ब्याटिङ गरेपछि नेदरल्यान्ड्सले १ सय ५० रनको आँकडा पार गरेको हो । उनले २५ रनको पारी खेले । ओपनर म्याक्स ओ डाउड १९ र माइकल लेभिट २० रन जोडेर आउट भए ।
नेपालका लागि स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै नन्दन यादवले २ विकेट लिए भने ललित राजवंशीले र कुशल भुर्तेलले समान१–१ विकेट हात पारे । यो खेलबाट अलराउन्डर रुपेश सिंह र ब्याटर किरण ठगुन्नाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि डेब्यु गरे ।
सिरिज अन्तर्गत आइतबार भएको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराइसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस