Like us!
Follow us!
Connect us!
Watch us!

माग पुरा नहुँदासम्म आन्दोलन जारी रहन्छ - माणिकरत्न शाक्य

अर्थ संसार

मंगलबार, ०३ असार २०८२, १६ : १४ मा प्रकाशित

माग पुरा नहुँदासम्म आन्दोलन जारी रहन्छ - माणिकरत्न शाक्य

पछिल्लो समय सुनचाँदी व्यवसायीहरु आन्दोलनमा रहेका छन् ।

सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेजीको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

व्यवसायीहरुले सरकारले लगाएको २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेर असार १ गतेदेखि आन्दोलन गरिरहेका छन् । उनीहरुले सुनचाँदीको कारोबारका लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी स्पष्ट नीति र नियमावली एवं निर्देशिका निर्माण गर्न समेत माग गरिरहेका छन् । 

 आन्दोलन माग पुरा नहुँदासम्मका लागि जारी रहने नेपाल सुनचाँदी व्यवसायी महासंघका निर्वतमान अध्यक्ष माणिकरत्न शाक्यले अर्थ संसारलाई जानकारी दिए । ‘अहिले हामीहरुले पसल बन्द गरेर आन्दोलन गरिरहेका  छौं। माग पुरा नहुँदासम्म यो आन्दोलन जारी रहन्छ,’ उनले भने ।

व्यवसायीहरूको भनाइ छ— सुनचाँदी कुनै विलासिताको वस्तु होइन, सांस्कृतिक, धार्मिक तथा परम्परागत दृष्टिले अत्यन्त महत्वपूर्ण सम्पत्ति हो। यस्तो वस्तुमा सरकारले विलासिता कर लगाउनु जनताको विश्वासमाथिको प्रहार हो भन्ने उनीहरूको तर्क छ।

व्यवसायीहरूले सरकारले कर खारेज मात्र होइन, दीर्घकालीन रूपमा व्यवसायमैत्री तथा उपभोक्तामुखी नीति निर्माण गर्नुपर्ने माग पनि अघि सारेका छन्। उनीहरूले स्पष्ट, पारदर्शी र व्यावहारिक नियमावली एवं निर्देशिका निर्माण गर्न सरकारलाई आग्रह गरेका छन्। सरकारले कर प्रणाली पुनरावलोकन नगरे व्यवसायीहरू थप कडा आन्दोलनमा जान सक्ने चेतावनीसमेत दिइएको छ। आन्दोलनले दीर्घकालीन रूप लिएमा बजार आपूर्ति, मूल्य वृद्धि तथा अन्य आर्थिक गतिविधिमा समेत असर पर्ने संकेत देखिएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको