Like us!
Follow us!
Connect us!
Watch us!

विलासिता करको विरोधमा सुनचाँदी व्यवसायी आन्दोलित,मूल्य पनि सार्वजनिक गर्न छोडियो

अर्थ संसार

सोमबार, २३ असार २०८२, १४ : १२ मा प्रकाशित

विलासिता करको विरोधमा सुनचाँदी व्यवसायी आन्दोलित,मूल्य पनि सार्वजनिक गर्न छोडियो

देशभरका सुनचाँदी व्यवसायीहरू सरकारले बजेटमार्फत सुनमा लगाएको विलासिता कर हटाउन माग गर्दै कारोबार ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्।

आगामी आर्थिक वर्षको बजेटमा सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था गरेको छ। यही निर्णयको विरोधमा व्यवसायीहरू आन्दोलित भएका हुन्।व्यवसायीहरूले उक्त कर हटाउन अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर आग्रह गरे पनि माग सम्बोधन नभएपछि पसल बन्द गरी आन्दोलनको बाटो रोजेका छन्।

साथै, नेपाली बजारका लागि सुनचाँदीको मूल्य निर्धारण गर्ने अधिकार प्राप्त नेपाल सुनचाँदी व्यवसायी महासंघले पनि आन्दोलनमा साथ दिँदै नयाँ मूल्यसूची सार्वजनिक गरेको छैन। पछिल्लो पटक महासंघले बिहीबार मूल्य तोकेको थियो, त्यसयता सुनचाँदीको नयाँ मूल्य सार्वजनिक भएको छैन।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको