स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि–२० सिरिजको दोस्रो खेलमा नेपालले जितका लागि ९८ रनको लक्ष्य पाएको छ । टस जिरेर पहिले बलिङ गरेको नेपालले घरेलु टोलि स्कटल्याण्डलाई ९७ रनमा अलआउट गरेको हो ।
घरेलु टोलिको पारी ध्वस्त पार्ने क्रममा नेपालका सन्दीप लामिछाने एक्लैले ४ विकेट लिए । त्यस्तै करण केसी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए भने ललित राजवंशीले १ विकेट लिए । नेपाली टोलिले घरेलु टोलिलाई १९ ओभर ४ बलमा अलआउट गरेको हो । स्कटल्याण्डका लागि माइकल लीस्कले सर्वाधिक ४६ रनको पारी खेले । उनी अन्तिम विकेटका रुपमा आउट भएका थिए ।
९८ रनको लक्ष्य सहित नेपालले केही बेरमा ब्याटिङ गर्दैछ । सोमबार भएको पहिलो खेलमा नेपाल सुपर ओभरमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस