Like us!
Follow us!
Connect us!
Watch us!

स्कटल्याण्डविरुद्ध नेपालको संघर्षपूर्ण जित

अर्थ संसार

बुधबार, ०४ असार २०८२, ०७ : ४४ मा प्रकाशित

स्कटल्याण्डविरुद्ध नेपालको संघर्षपूर्ण जित

त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय सिरिज अन्तर्गत मंगलबार भएको खेलमा नेपालले स्कटल्याण्ड माथि संघर्षपूर्ण जित निकालेको छ । नेपालले घरेलु टोलिलाई २ विकेटले हराएको हो । 

जितका लागि पाएको ९८ रनको सामान्य लक्ष्य नेपाली टोलीले ८ विकेट गुमाएर एक बल बाँकी छदा भेटायो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३० रनको योगदान दिए । साथै दीपेन्द्र सिंह ऐरीले १४, बसिर अहदमले १३ र किरण ठगुन्नाले १० रनको योगदान दिए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । स्कटल्याण्डका लागि मिचेल लिक्स र साफयान सरिफले दुई/दुई विकेट लिए । साथै ब्रेन्डन म्याककुलन, मार्क वाट, ज्याक जारभिस र जास्पर डेभिडसनले समान एक/एक विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको थियो । उसका लागि मिचेल लिस्कले सर्वाधिक ४६ रनको योगदान दिए । त्यसैगरी कप्तान म्याथ्यु क्रसले १५ र ब्रेन्डन म्याकमुलनले १० रन बनाए । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए भने करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । त्यस्तै ललितनारायण राजवंशीले एक विकेट लिए । करण केसीले यही खेलमार्फत टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरे । करण सो उपलब्धि हासिल गर्ने नेपालको दोस्रो बलर हुन् । यसअघि सन्दीप लामिछानेले १०० विकेट पूरा गरिसकेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको