Like us!
Follow us!
Connect us!
Watch us!

नेदरल्याण्ड्सद्वारा नेपालसामु १७५ रनको लक्ष्य प्रस्तुत

अर्थ संसार

विहीबार, ०५ असार २०८२, २२ : २२ मा प्रकाशित

नेदरल्याण्ड्सद्वारा नेपालसामु १७५ रनको लक्ष्य प्रस्तुत

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई १७५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रनको योगफल तयार पारेपछि नेपालले उक्त लक्ष्य पाएको हो ।

नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेविटले सर्वाधिक ८६ रनको पारी खेले । पाँचौ विकेटका लागि लेविटले सकिव जुल्फिकरसँग मिलेर ६३ रनको अर्धशतकी साझेदारी गरेका थिए । जुल्फिकरले १४ रन बनाए । त्यस्तै रोइलेफ भान डर मिर्वोले ३६ तथा आर्यान दतले १७ रन बनाउँदै नट आउट रहे । नेदरल्याण्ड्सका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि करण केसीले २ तथा सन्दीप लामिछाने, रुपेष सिंह, ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

नेपाली टोलीमा मंगलबार स्कटल्याण्डसँग खेलेका ३ खेलाडी परिवर्तन भएका छन् । स्कटल्याण्डसँग खेलेका किरण ठगुन्ना, बसिर अहमद र अनिल साह बेन्चमा रहँदा भीम सार्की, आरिफ शेख र आसिफ शेखले टोलीमा मौका पाएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको