Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी आक्रमणपछि नेतन्याहुको प्रतिक्रिया : “ट्रम्पले शक्ति प्रदर्शन गरेर शान्तिको बाटो खोलिदिए”

अर्थ संसार

आइतबार, ०८ असार २०८२, ०८ : २१ मा प्रकाशित

अमेरिकी आक्रमणपछि नेतन्याहुको प्रतिक्रिया : “ट्रम्पले शक्ति प्रदर्शन गरेर शान्तिको बाटो खोलिदिए”

इरानमा अमेरिकी हवाई आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र संयुक्त राज्य अमेरिकाको कारबाहीको खुलेर प्रशंसा गरेका छन्। उनले ट्रम्पले “शक्तिको साथ” काम गरेको भन्दै आभार प्रकट गरेका छन्।

प्रधामन्त्री नेतन्याहुले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, “राष्ट्रपति ट्रम्प र म अक्सर भन्ने गर्छौं — 'शक्तिबाट शान्ति सम्भव हुन्छ।' पहिलो शक्ति आउँछ, अनि मात्र शान्ति। आज राति राष्ट्रपति ट्रम्प र संयुक्त राज्य अमेरिकाले निकै शक्ति देखाए।”

उनले थपे, “राष्ट्रपति ट्रम्प, म तपाईंलाई धन्यवाद दिन चाहन्छु।”

इरानमाथि अमेरिकाले तीनवटा आणविक साइटमा आक्रमण गरेपछि इजरायली प्रधानमन्त्रीको यस्तो वक्तव्य आएको हो। यसले पश्चिम एसियाको तनाव थप चुलिएको संकेत गरेको छ। नेतन्याहुले ट्रम्पसँगको सहकार्य र “शक्तिपूर्ण कूटनीति” लाई फेरि एकपटक दोहोर्‍याउँदै अमेरिका–इजरायल सम्बन्ध अझै मजबुत भएको सन्देश दिएका छन्।

President Trump and I often say: ‘Peace through strength.’

First comes strength, then comes peace.

And tonight, @realDonaldTrump and the United States acted with a lot of strength. pic.twitter.com/7lTWCZkgw7

— Benjamin Netanyahu - בנימין נתניהו (@netanyahu) June 22, 2025

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको