Like us!
Follow us!
Connect us!
Watch us!

अधिक तरलता :- केन्द्रीय बैंकले आज पनि बजारबाट ६० अर्ब रुपैयाँ तान्दै

अर्थ संसार

आइतबार, ०८ असार २०८२, १० : ४५ मा प्रकाशित

अधिक तरलता :- केन्द्रीय बैंकले आज पनि बजारबाट ६० अर्ब रुपैयाँ तान्दै

 नेपाल राष्ट्र बैंकले आज आइतबार बजारबाट ६०अर्ब रुपैयाँ तान्ने भएको छ।  वित्तीय प्रणालीको अधिक तरलता नघट्ने भएपछि आज फेरी केन्द्रीय बैंकले ४२ दिन अवधिको ६० अर्ब निक्षेप संकलन उपकरण मार्फत तरलता तान्न  लागेको हो। यसका लागि बैंकले आज १२ बजे बोलकबोल गर्नेछ।

यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र भाग लिन पाउनेछन्। सहभागी संस्थाहरूले आफूसँग रहेको अतिरिक्त तरलता राष्ट्र बैंकमा राख्न ब्याजदरको आधारमा प्रतिस्पर्धा गर्नेछन्। बहुब्याजदर प्रणाली लागू गरिएको हुँदा एउटै संस्थाले विभिन्न ब्याजदर प्रस्तावसहित बहुबोलकबोल गर्न सक्नेछ।

निक्षेप संकलनमा सहभागी हुन चाहने संस्थाहरूले आफू जम्मा गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर (दशमलव पछाडि चार अंकसम्म खुलाएर) उल्लेख गरी आवेदन दिनुपर्नेछ। यसका लागि राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणाली प्रयोग गरिनेछ र आवेदन दिउँसो ३ बजेभित्र पेश गर्नुपर्नेछ।

एक पटकमा कम्तीमा १० करोड रुपैयाँ र त्यसपछि ५ करोडको अनुपातमा रकम आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको