Like us!
Follow us!
Connect us!
Watch us!

"इरान कुनै आत्मसमर्पण गर्ने राष्ट्र होइन" :आयतोल्ला खामेनी

अर्थ संसार

मंगलबार, १० असार २०८२, ०६ : ५६ मा प्रकाशित

"इरान कुनै आत्मसमर्पण गर्ने राष्ट्र होइन" :आयतोल्ला खामेनी

इरानका सर्वोच्च नेता आयतोल्ला अलि खामेनीले सोमबार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल युद्धविरामको घोषणा गर्नुअघिनै कडा सन्देश दिँदै इरान कहिल्यै आत्मसमर्पण नगर्ने राष्ट्र भएको स्पष्ट पारेका छन्।

"जसले इरानी जनतालाई र तिनीहरूको इतिहासलाई चिन्छ, उनीहरूले बुझ्छन् कि इरानीहरू आत्मसमर्पण नगर्ने राष्ट्र हुन्," खामेनीले आफ्नो आधिकारिक X (पूर्व ट्विटर) ह्यान्डलमा लेखेका छन्।

यो टिप्पणी इरानले कतारस्थित अमेरिकी सैन्य अड्डा अल उदीद एयर बेस मा मिसाइल आक्रमण गरेपछि आएको हो। उक्त आक्रमण अमेरिकाले इरानका तीन प्रमुख आणविक केन्द्रहरूमा गरेको बंकर बस्टर बम आक्रमणको जवाफमा गरिएको थियो। यी घटनाक्रमहरूले मध्यपूर्वमा तनाव झनै बढाएको थियो।

तर खामेनीको कडा टिप्पणी सार्वजनिक भएको केही समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो Truth Social प्लेटफर्ममार्फत इरान–इजरायलबीच युद्धविरामको सहमति भएको जानकारी दिएका थिए। ट्रम्पका अनुसार उक्त युद्धविराम "६ घण्टाभित्र लागू हुने" बताइएको छ।

यसैबीच, पाकिस्तानको कराँचीमा रहेका शिया मुसलमानहरूले अमेरिकाको आक्रमणको विरोधमा प्रदर्शन गर्दै खामेनीको फोटोसहित र्‍याली निकालेका थिए। अमेरिका र इजरायलको कारबाहीविरुद्धको आक्रोश झन् चुलिएको देखिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको