Like us!
Follow us!
Connect us!
Watch us!

जापानद्वारा नेपाललाई ८१ रनको लक्ष्य, शुभमको ५ विकेट

अर्थ संसार

मंगलबार, १० असार २०८२, १० : २२ मा प्रकाशित

जापानद्वारा नेपाललाई ८१ रनको लक्ष्य, शुभमको ५ विकेट

एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि ८१ रनको लक्ष्य पाएको छ । नेपालले जापानलाई ८० रनमा रोक्कै ८१ रनको सामान्य लक्ष्य पाएको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमा अलआउट भयो । उसका लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । नेपालका लागि बाँयाहाते स्पिनर शुभम खनाल एक्लैले ५ विकेट लिए । त्यस्तै अभय यादवले २ तथा सुशील रावल र बिपिन प्रसाद शर्माले १–१ विकेट लिए ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो । यू–१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ । नेपाल समूह ए मा सिंगापुर, इन्डोनेसिया, जापान र भुटानसँगै छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको