Like us!
Follow us!
Connect us!
Watch us!

विदेश घुम्न सौखिन नेपाली, १० महिनामै ७३ अर्बको 'ट्राभल बिल'

अर्थ संसार

विहीबार, १२ असार २०८२, १६ : ३० मा प्रकाशित

विदेश घुम्न सौखिन नेपाली, १० महिनामै ७३ अर्बको 'ट्राभल बिल'

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको तथ्यांकअनुसार नेपालीहरू विदेश घुम्नका लागि उल्लेख्य मात्रामा खर्च गर्न थालेका छन्। राष्ट्र बैंकका अनुसार पछिल्लो १० महिनामा मात्रै नेपालबाट घुम्न गएका नेपालीले करिब ७३ अर्ब रुपैयाँ खर्च गरेका छन्।

त्यस्तै, सोही अवधिमा नेपालमा घुम्न आएका विदेशी पर्यटकहरूमार्फत ७५ अर्ब ७१ करोड रुपैयाँको आम्दानी भएको छ। अघिल्लो वर्षको तुलनामा यो आम्दानी ८.६ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष यस अवधिमा भ्रमण आय ६९ अर्ब ७३ करोड रुपैयाँ थियो।

तर सेवा खातामा समग्रमा ८६ अर्ब ५३ करोड रुपैयाँ घाटा देखिएको छ। गत वर्ष सोही अवधिमा यो घाटा ५० अर्ब ३१ करोड रुपैयाँ रहेको थियो। यो वर्ष भ्रमण खर्चमा समेत १७.९ प्रतिशतको वृद्धि भएको छ। कुल भ्रमण खर्च १८५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ।

यस खर्चको ठूलो हिस्सा शैक्षिक प्रयोजनमा विदेश गएका नेपालीहरूले व्यहोरेका छन्। शिक्षातर्फ मात्र ११२ अर्ब ४४ करोड रुपैयाँ खर्च भएको छ, जुन अघिल्लो वर्षको १०४ अर्ब २५ करोड रुपैयाँभन्दा उल्लेख्य बढी हो।

यसले देखाउँछ कि नेपाली उपभोक्ताहरूको विदेशमा भ्रमण र अध्ययनका लागि खर्च गर्ने प्रवृत्ति बढ्दो छ, जसले मुलुकको सेवा क्षेत्रमा घाटा बढाएको छ। यस्तो अवस्था अर्थतन्त्रका लागि दीर्घकालीन चुनौतीका रूपमा देखिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको