Like us!
Follow us!
Connect us!
Watch us!

होल त फागुनमा पार्टी एकता ?

शनिबार, १३ माघ २०७४, १८ : ३७ मा प्रकाशित

होल त फागुनमा पार्टी एकता ?

अर्थ संसार, गोरखा –  नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले वामपन्थीहरूको नयाँ सरकार माघमा बनाइने र फागुनमा पार्टी एकता गर्ने गरी गृहकार्य भइरहेको बताउनुभएको छ ।

आज गोरखामा सञ्चारकर्मीसँग नेता श्रेष्ठले भन्नुभयो, “सकेसम्म माघमा सरकार गठन गर्छौँ । एमाले र माओवादी केन्द्रबीच फागुनमा पार्टी एकता भइसक्छ ।”

सकेसम्म सरकार गठन हुनुपूर्व नै पार्टी एकता गरिसक्ने गरी गृहकार्य गरिएको श्रेष्ठको भनाइ छ । वैचारिक, राजनीतिक लाइन के हुने, संगठनात्मक नीति कस्तो बनाउने भन्नेबारे अहिले छलफल भइरहेको श्रेष्ठले बताउनुभयो ।

पार्टी एकताबारे शंका नगर्न आग्रह गर्दै श्रेष्ठले भन्नुभयो, “ढुक्क हुनुहोस् पार्टी एकता हुन्छ, कसैले रोक्न सक्दैन ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको