नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले अष्ट्रेलिया भ्रमण गर्ने भएको छ । नेपाल ट्वान्टी–२० विश्वकपको एसिया छनोटअघि तयारी गर्नका लागि अस्ट्रेलियामा गएर खेल खल्ने भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार नेपाली टिमले अस्ट्रेलियामा ट्वान्टी–२० शृंखला खेल्ने जनाएको हो । क्यानका अनुसार, नेपालले अस्ट्रेलियामा कम्तीमा ६ खेल खेल्नेछ । तर, शृंखलाको पूर्ण तालिका भने सार्वजनिक भएको छैन । नेपाली टिमले अगस्ट १४–२४ सम्म यी खेल खेल्ने छ ।
‘टप इन्ड शृंखलाले नेपाली खेलाडीलाई बलियो प्रतिद्वन्दीविरुद्ध अस्ट्रेलियाको वातावरणमा खेल्ने अवसर प्रदान गर्नेछ,’ क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस