Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ प्रणालीमा थुप्रियो पैसा,आज पनि ३० अर्ब तान्दै राष्ट्र बैंक

अर्थ संसार

आइतबार, १५ असार २०८२, १० : ४५ मा प्रकाशित

बैंकिङ प्रणालीमा थुप्रियो पैसा,आज पनि ३० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज असार १५ गते फेरि ३० अर्ब रुपैयाँ खिच्ने भएको छ।

अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले आज फेरि निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’, र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

निक्षेप संकलन उपकरणको साँवा र ब्याज भुक्तानी भदौ १५ गते गरिने छ।हाल, कर्जाको माग कम भएकाले बैंकिङ प्रणालीमा तरलता अत्यधिक फालाफाल भइरहेको छ। बैंक तथा वित्तीय संस्थाहरूले करिब ३ प्रतिशत हाराहारीको ब्याजदरमै राष्ट्र बैंकलाई निक्षेप दिन बाध्य भएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको