Like us!
Follow us!
Connect us!
Watch us!

क्लब विश्वकप : पिएसजी र बायर्न क्वाटरफाइनलमा, मेसीको मियामी बाहिरियो

अर्थ संसार

सोमबार, १६ असार २०८२, ०९ : ५३ मा प्रकाशित

क्लब विश्वकप : पिएसजी र बायर्न क्वाटरफाइनलमा, मेसीको मियामी बाहिरियो

क्लब विश्वकपमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र जर्मन क्लब बायर्न म्युनिख क्वाटफाइनमा प्रवेश गरेका छन् । गए राति र आज बिहान सकिएका खेलमा जित निकाल्दै युरोपका यी दुई टोलि अन्तिम ८ मा पुगेका हुन् ।

अन्तिम १६ को खेलमा आइतवार लियोनल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब मियामीलाई ४–० ले हराउँदै पिएसजी अन्तिम आठमा पुगेको हो । पिएसजीको जितमा जोआओ नेभेसले २ र अचरफ हाकिमीले १ गोल गरे । त्यस्तै १ गोल आत्मघाती रह्यो ।

त्यस्तै आज बिहान सकिएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले फ्लामेंगोलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । अमेरिकाको हार्ड रक स्टेडियममा भएको खेलमा बायर्न ब्राजिलियन क्लब फ्लामेंगोलाई ४–२ ले पराजित गरेको हो । बायर्न जितमा हेरि केनले २ र लियोन गोरेट्ज्काले १ गोल गरे । १ गोल आत्मघाती भयो । फ्लामेंगोको लागि गेर्सन र जोर्जिन्होले गोल गरे । अब सेमिफाइन प्रवेशका लागि बायर्न र पिएसजीले जुलाई ५ मा प्रतिस्पर्धा गर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको