Like us!
Follow us!
Connect us!
Watch us!

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौं वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

अर्थ संसार

सोमबार, १६ असार २०८२, १२ : २९ मा प्रकाशित

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौं वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

नबिल बैंक ‘नबिल सस्टेनेबल बैंकिङ’ कार्यक्रमको पाँचौं वर्षमा प्रवेश गरेको छ।

यसै अवसरमा बैंकले असार १५ देखि २१ गतेसम्म ‘नबिल ग्रीन विक’ आयोजना गर्दै दिगोपना सम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

सात दिनसम्म चल्ने उक्त कार्यक्रममा वातावरण, समाज र सुशासनका विशेषज्ञ, बैंकका विज्ञ, साथै जीआईजेड नेपाल, सिम्पल इनर्जी, बीवाईडी, सिजी मोटर्स लगायतका साझेदारहरूको सहभागिता रहनेछ। कार्यक्रमले सोलार रुफटप समाधान, विद्युतीय सवारीसाधन, दिगो कृषि, र दिगोपनामा आधारित लगानीबारे छलफल गरी ज्ञान आदान–प्रदान गर्ने लक्ष्य राखेको छ।

नबिल बैंकले नेपालको दिगो विकास लक्ष्य (एसडीजी)लाई अंगिकार गर्दै आफ्नो कारोबारमा वातावरण संरक्षण, सामाजिक समावेशीकरण र सुशासनको सिद्धान्तलाई आत्मसात गर्दै आएको छ। बैंकले कार्बन फुटप्रिन्ट घटाउने, उत्तरदायी लगानी प्रवर्द्धन गर्ने र वित्तीय साक्षरता विस्तार गर्नेमा विशेष ध्यान दिँदै आर्थिक वृद्धिसँगै दीर्घकालीन सामाजिक र वातावरणीय मूल्य सिर्जना गर्दै आएको छ।

यसअघि बैंकले पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सिङको मापदण्डअनुसार नवीकरणीय ऊर्जा क्षेत्रमा ११ हजार १७२ टन ग्रीनहाउस ग्यास उत्सर्जन न्यूनीकरण गरेको छ। साथै, २१ जिल्लाका ४३ जलविद्युत् परियोजनामा ३०७० मेगावाट क्षमताको लगानी गरेको छ। साना तथा मझौला व्यवसाय, विशेष गरी कृषि, विद्युतीय सवारी र महिला नेतृत्वमा आधारित उद्यमहरूमा लगानी गरी ४६ हजारभन्दा बढी जनतालाई प्रत्यक्ष र अप्रत्यक्ष लाभ पुर्‍याएको छ।

गत आर्थिक वर्षसम्म बैंकले कृषि क्षेत्रमा ४५.३८ अर्ब, जलविद्युत् तथा ऊर्जा क्षेत्रमा ३१ अर्ब, र सूक्ष्म, घरेलु तथा साना उद्योगमा २५.०१ अर्ब रुपैयाँ लगानी गरेको छ। विद्युतीय सवारी कर्जा क्षेत्रमा बैंकले ४२.३६ प्रतिशत लगानी गरेको छ भने सामाजिक उत्तरदायित्वअन्तर्गत ५ करोड ४३ लाख रुपैयाँ खर्च गरेको छ। हाल १३ शाखा तथा भवनमा नवीकरणीय ऊर्जा प्रणाली जडान गरिएको छ भने डिजिटल बैंकिङमा १६ लाख ८ हजार ८२६ प्रयोगकर्ता पुगेका छन्। बैंकले अहिलेसम्म ७ हजार ५९० जनालाई वित्तीय साक्षरता तालिम प्रदान गरिसकेको छ।

नबिल बैंकले ‘वुमन इन मोसन’, ‘यु म्याटर युअर भ्वाइस म्याटर’, ‘नबिल ग्रीन विक’, ‘घर त नेपाल’, र ‘दिगो पाइला’ जस्ता अभियानहरू सञ्चालन गर्दै सामाजिक सरोकारवालालाई लक्षित गरिरहेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन भइरहेको नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसइई) मार्फत हालसम्म ९०१ जना प्रशिक्षार्थीले तालिम लिएका छन् भने १३३ जनाले उद्यम स्थापना गरी १ हजार २०० जनालाई रोजगार पनि उपलब्ध गराइसकेका छन्।

बैंकले सन् २०२१ मा पार्टनरसिप फर कार्बन अकाउन्टिङको सदस्यता ग्रहण गरेको थियो। यसबाट शाखारहित बैंकिङ विस्तारमा उल्लेखनीय सफलता हासिल भएको बैंकको भनाइ छ। साथै, वैदेशिक रोजगारीबाट फर्कनेहरूलाई लक्षित गरी नबिल स्किल्ड माइग्रेन्ट इन्टरप्रेनरसिप कर्जा, नबिल दिगो बचत खाता, नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा जस्ता नवप्रवर्तनपूर्ण उत्पादनहरू उपलब्ध गराएको छ।

नबिल बैंकले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता सुधार, पानी संरक्षण, फोहोर व्यवस्थापन तथा फोहोरबाट ऊर्जा उत्पादनजस्ता परियोजनामा समेत लगानी गरेको छ। बैंकको केन्द्रीय कार्यालयमा वर्षा पानी संकलन प्रणाली स्थापना गरी वार्षिक २ लाख ६२ हजार ८०४ लिटर पानी संकलन भइरहेको छ।

२०७८ असार १५ गते धान दिवसमा सुरु गरिएको नबिल दिगो बैंकिङ कार्यक्रम मार्फत बैंकले नेपालको दिगो विकास लक्ष्यलाई सघाउने प्रतिवद्धता व्यक्त गरेको छ। नबिल बैंक निजी क्षेत्रको अग्रणी वित्तीय संस्था हो जसले २६८ शाखा र ३२० एटीएममार्फत २४ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा दिँदै आएको छ। नवीनतम बैंकिङ सेवाहरू प्रवर्द्धन गर्दै नबिल बैंकले नेपालको बैंकिङ इतिहासमा महत्वपूर्ण भूमिका खेलेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको