Like us!
Follow us!
Connect us!
Watch us!

हुण्डी कारोबार नगर्न राष्ट्र बैंकको चेतावनी

अर्थ संसार

मंगलबार, १७ असार २०८२, १० : ४१ मा प्रकाशित

हुण्डी कारोबार नगर्न राष्ट्र बैंकको चेतावनी

नेपाल राष्ट्र बैंकले हुण्डी कारोबार नगर्नको लागि चेतावनी जारी गरेको छ।

हुण्डी कारोबार भनेको कानूनी रूपमा मान्यता प्राप्त भुक्तानी उपकरण बाहेक कुनै पनि व्यक्ती, उपकरण वा माध्यमबाट नेपाल र विदेशबीच रकमको आदानप्रदान गर्नु हो। पछिल्लो समय, यस्तो कारोबारमा वृद्धि आएको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ 'क' अनुसार हुण्डी कारोबारमा संलग्न हुनु गैरकानूनी ठहर्छ।

नेपाल राष्ट्र बैंकले स्पष्ट रूपमा चेतावनी दिएको छ कि यदि कुनै व्यक्ति हुण्डी कारोबारमा संलग्न पाइन्छ भने, तिनको सम्पत्ति जफत गरिनेछ र एक वर्षसम्मको कैद सजाय पनि हुन सक्छ। यद्यपि, हुण्डी कारोबारको प्रभावकारी अनुगमन र अनुसन्धानको कमीका कारण यस्तो कारोबार बढ्दै गएको देखिन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको