Like us!
Follow us!
Connect us!
Watch us!

विकास हाइड्रोपावरको आईपीओ - लगानी गर्नु कति उपयुक्त ? हेरौं कम्पनीको वित्तीय अवस्था

अर्थ संसार

बुधबार, १८ असार २०८२, ११ : ०७ मा प्रकाशित

विकास हाइड्रोपावरको आईपीओ - लगानी गर्नु कति उपयुक्त  ?  हेरौं कम्पनीको वित्तीय अवस्था

विकास हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आज (असार १८ गते) देखि आफ्नो प्राथमिक सेयर (IPO) खुला गरेको छ। प्रभु क्यापिटल लिमिटेड बिक्री प्रवन्धक रहेको यो आईपीओमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले कुल २९ लाख ४२ हजार ७६० कित्ता साधारण सेयर निष्कासन गरेको हो। यसअघि वैदेशिक रोजगारमा रहेका नेपालीहरू र आयोजना प्रभावित स्थानीयहरूका लागि सेयर बाँडफाँट भइसकेको छ। न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरोसेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

कस्तो छ कम्पनीको अवस्था ?

विकास हाइड्रोपावरले इक्रा नेपालबाट ‘BBB–’ (ट्रिपल बी माइनस) रेटिङ प्राप्त गरेको छ। यो रेटिङले कम्पनीको दायित्व तिर्ने क्षमता मध्यम स्तरमा रहेको जनाउँछ।

कम्पनीले गोरखा जिल्लाको धार्चेमा रहेको ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। यो आयोजनाको कुल लागत १ अर्ब ११ करोड ८२ लाख रुपैयाँ पुगेको छ, जसअनुसार प्रतिमेगावाट लागत २४ करोड ५७ लाख रुपैयाँभन्दा बढी परेको छ।

कम्पनीको आर्थिक अवस्था हेर्दा:

- प्रति सेयर आम्दानी (EPS): ५ रुपैयाँ ३७ पैसा

- प्रति सेयर नेटवर्थ: १०२ रुपैयाँ ७६ पैसा

- सञ्चित नाफा: १ करोड २८ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको