Like us!
Follow us!
Connect us!
Watch us!

भोलिदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्दै विकास हाइड्रोपावर

अर्थ संसार

मंगलबार, १७ असार २०८२, १३ : ०१ मा प्रकाशित

भोलिदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्दै विकास हाइड्रोपावर

विकास हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि असार १८ गतेदेखि सर्वसाधारण लागि आईपीओ निष्कासन गर्दैछ।

कम्पनीले असार १८ गतेदेखि २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्कासन गर्न लागेको हो।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद असार २२ गतेसम्म तोकिएको छ। यदि सो अवधिसम्म पूर्ण आवेदन नआएमा आवेदन दिने अवधि साउन १ गतेसम्म लम्बिन सक्नेछ।

कम्पनीको आईपीओ निष्कासनको जिम्मा प्रभु क्यापिटल लिमिटेडले लिएको छ। कम्पनीले यसअघि गोरखा जिल्लाको आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख १६ गते आईपीओ निष्कासनको स्वीकृति दिएको हो। स्वीकृति अनुसार कम्पनीले कुल ४४ लाख ५४ हजार ५९६ कित्ता, अर्थात ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ।

विकाश हाइड्रोपावरले गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ मा निर्माण सम्पन्न गरेको ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला जलविद्युत आयोजना २०७९ साल फागुनदेखि विद्युत उत्पादनमा आइसकेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको