Like us!
Follow us!
Connect us!
Watch us!

दुई वर्षभित्र विद्युत् पहुँच शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य छ : ऊर्जामन्त्री

अर्थ संसार

बुधबार, १८ असार २०८२, १३ : ४९ मा प्रकाशित

दुई वर्षभित्र विद्युत् पहुँच शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य छ : ऊर्जामन्त्री

ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी दुई वर्षभित्र देशभर विद्युत पहुँच शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले दुई वर्षपछि वार्षिक प्रतिव्यक्ति विद्युत् खपत १५०० युनिट पुग्ने लक्ष्यका साथ कार्यक्रमहरू अगाडि बढाइएको बताए ।

उनले यो लक्ष्य हासिल भएमा मुलुक ऊर्जा निर्यात गर्ने राष्ट्रको रूपमा स्थापित र ८८ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन हुने विश्वास व्यक्त गरे । उनले विद्युत् पूर्वाधार तथा आयोजना निर्माणका क्रममा ८ लाख ६५ हजार १ सय ८८ जनाले प्रत्यक्ष रोजगारी पाउने दाबी गरे ।

‘विद्युत् पहुँच अबको दुई वर्षभित्रमा शतप्रतिशत गर्नेगरी लक्ष्य राखेर काम गरिराखेका छौँ । वार्षिक प्रतिव्यक्ति विद्युत् खपत १५०० युनिट यो दश वर्षमा पुर्‍याइने भन्ने लक्ष्यका साथ काम भइरहेको छ । यसले मुलुकलाई ऊर्जा निर्यात गर्ने देशको रूपमा स्थापित गर्ने कुरा पनि म निवेदन गर्न चाहान्छु । यो लक्ष्यलाई हासिल गर्दैगर्दा राजस्व ८८।८६ अर्ब संकलन हुनेछ । कुल अनुमानित रोजगारी सिर्जना आठ लाख ६५ हजार एक सय ८८ जनाले प्रत्यक्ष रोजगारी पाउने छन् । यसले अप्रत्यक्ष रुपमा पनि लाखौँ रुपमा सिर्जना गर्नेछ । यो लक्ष्यलाई कार्यान्वयन गर्नेगरी सरकारले आफ्नो कामकारबाही अगाडि बढाएको छ,’ उनले भने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको