कर्णाली विकास बैंक घोटाला प्रकरणमा बैंकका तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् । बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले कर्णाली विकास बैंकका तत्कालीन अध्यक्ष मिश्रलाई बाँकेको नेपालगञ्जबाट पक्राउ गरेको हाे ।
मिश्रलाई बाँकेको नेपालगञ्जबाट पक्राउ गरिएकाे सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले जानकारी दिए । पक्राउ परेका मिश्र नेकपा एमालेका केन्द्रीय सदस्य हुन् । मिश्र २०६६ देखि २०७५ सालसम्म बैंकको अध्यक्ष थिए । कर्णाली विकास बैंक घोटाला प्रकरणमा प्रहरीले यसअघि बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरीलाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरूमाथि बैंकिङ कसुर तथा सजाय ऐन- २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कर्णाली विकास बैंकमा साढे २ अर्ब रुपैयाँ हिनामिना भएको उजुरी परेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस