Like us!
Follow us!
Connect us!
Watch us!

३७३ जनासँग बैंक तथा वित्तीय संस्थामा एक प्रतिशतभन्दा बढी सेयर छ - गभर्नर पौडेल

अर्थ संसार

विहीबार, १९ असार २०८२, १५ : ३३ मा प्रकाशित

३७३ जनासँग बैंक तथा वित्तीय संस्थामा एक प्रतिशतभन्दा बढी सेयर छ - गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकका विभिन्न बैंक तथा वित्तीय संस्थामा हाल ३७३ व्यक्तिका नाममा प्रमोटर (संस्थापक) सेयर रहेको जानकारी दिएका छन्। असार १९ गते बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बोल्दै उनले वाणिज्य बैंकमा ७२ जना, विकास बैंकमा १३० जना र फाइनान्स कम्पनीहरूमा १७१ जनाको एक प्रतिशतभन्दा बढी संस्थापक सेयर रहेको बताए।

संस्थापक सेयरको स्वामित्व हस्तान्तरणसम्बन्धी विषयमा गभर्नर पौडेलले लचिलो धारणा व्यक्त गरे। उनले दुई प्रतिशतभन्दा बढी सेयर हस्तान्तरण गर्न राष्ट्र बैंकको स्वीकृति अनिवार्य बनाउने व्यवस्था ऐनमै राख्ने कि त्यसको निर्णय बैंकलाई दिने भन्नेबारे छलफल गर्न सकिने बताए। उनका अनुसार, 'अर्थतन्त्र चलायमान रहेको अवस्थामा कति प्रतिशत भन्ने कुरा कानुनमा नै बाँध्नु उपयुक्त हो कि राष्ट्र बैंकलाई लचिलो निर्णय गर्न दिने भन्नेबारे छलफल हुन सक्छ।'

गभर्नर पौडेलले वित्तीय प्रणालीमा पारदर्शिता र अनुशासन आवश्यक रहेको उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित व्यक्तिहरूका क्रियाकलापमा निगरानी राख्नुपर्ने बताए। साथै, बैंक तथा वित्तीय संस्थामा रहेको ७० खर्ब रुपैयाँ कुनै व्यक्ति विशेषको सम्पत्ति नभई समग्र मुलुकको आर्थिक स्रोत भएकोप्रति सबैले सचेत रहनुपर्नेमा उनले जोड दिए।

उनको भनाइमा वित्तीय क्षेत्रलाई पारदर्शी, उत्तरदायी र सुशासित बनाउँदै निजी स्वार्थको अनावश्यक प्रभाव कम गर्नु अहिलेको आवश्यकता हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको