सिटिजन्स क्यापिटल लिमिटेडले सञ्चालनमा ल्याएको खुलामुखी सामूहिक लगानी योजना “सिटिजन्स सदाबहार योजना” को इकाई खरिद गर्न आज (असार २७) अन्तिम दिन रहेको छ। कम्पनीले असार १३ गतेदेखि सो योजनाको इकाईहरु सर्वसाधारणका लागि खुला गरेको हो।
नेपाल धितोपत्र बोर्डबाट असार २ गते अनुमति प्राप्त सिटिजन्स सदाबहार योजना सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने पहिलो खुलामुखी लगानी योजना हो। यस योजनाको कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रहेको छ।
५० करोड रुपैयाँ आकारको यस योजनाबाट कुल ५ करोड इकाई निष्कासन गरिँदैछ। जसमध्ये ७५ लाख इकाई प्रवर्द्धक सिटिजन्स बैंकलाई छुट्याइएको छ भने बाँकी ४ करोड २५ लाख इकाई प्रथम चरणमा सर्वसाधारणका लागि खुला गरिएको हो। लगानीकर्ताले न्यूनतम १०० इकाई र अधिकतम ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। प्रति इकाई दर १० रुपैयाँ तोकिएको छ।
आवेदन सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, तिनका तोकिएका शाखाहरु वा मेरो शेयर प्रणालीमार्फत दिन सकिने व्यवस्था छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस