अरुण काबेली पावर लिमिटेडका अध्यक्ष गुरु प्रसाद न्यौपानेले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले सेयर बजार, बैंक र घरजग्गालाई मात्रै समेटेको बताएका छन् । अर्थ संसारको 'अर्थबहस'मा कुरा गर्दै अध्यक्ष न्यौपानेले मौद्रिक नीतिले सबै क्षेत्रलाई समेट्नु पर्ने भए पनि त्यो अनुसार आउन नसकेको बताएका हुन् ।
न्यौपानेले मौद्रिक नीतिले उत्पादन वृद्धि गर्ने कुनै पनि योजना अघि नसारको भन्दै यसले अर्थतन्त्र सुधारमा खासै असर नगर्ने बताए । स्वदेशी उत्पादन र उद्योगको विकास गर्ने खालको नीति आउन नसकेको भन्दै यसले अर्थतन्त्रलाई उकास्नका लागि योगदान दिन नसक्ने उनको भनाइ छ ।
सरकारले ल्याएको बजेट र मौद्रिक नीति समग्रमा निराशाजनक रहेको उनको भनाइ छ । ‘बजेट र मौद्रिक नीतिले उत्पादनलाई खासै जोड नदिएकाले यसबाट खासै आशा गर्ने ठाउँ छैन,’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस