Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

अर्थ संसार

बुधबार, ३२ असार २०८२, १० : ५९ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

ग्लोबल आइएमई बैंकले साउन महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार, बैंकले साउन महिनाको लागि व्यक्तिगत र मुद्दती निक्षेप दुवैको ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ।

बैंकले साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपका लागि अधिकतम ६ प्रतिशत र संस्थागत निक्षेपका लागि ४.२५ प्रतिशत ब्याजदर दिनेछ। असार महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम यहि ब्याजदर दिएको थियो ।

व्यक्तिगत निक्षेपका लागि ब्याजदर 

- ३ देखि ६ महिनासम्म: ४ प्रतिशत,

- ६ महिना देखि १ वर्षसम्म: ४.५० प्रतिशत,

- १ वर्षदेखि २ वर्षसम्म: ५ प्रतिशत,

- २ वर्षदेखि ३ वर्षसम्म: ५.७५ प्रतिशत,

- ३ वर्ष वा सोभन्दा माथिका लागि: ६ प्रतिशत

संस्थागत निक्षेपकर्ताहरूको लागि ब्याजदर 

- ६ महिना देखि १ वर्षसम्म: ३ प्रतिशत,

- १ वर्षदेखि २ वर्षसम्म: ३.२५ प्रतिशत,

- २ वर्षदेखि ३ वर्षसम्म: ४ प्रतिशत,

- ३ वर्ष वा सोभन्दा माथिका लागि: ४.२५ प्रतिशत

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको